नियम ७२
खरिद सम्झौताको छनौट
(१) माल सामान, निर्माण कार्य, परामर्श सेवा वा अन्य
सेवा खरिद कारबाहीको सम्बन्धमा खरिद विधि छनौट गरेपछि माल सामान वा अन्य
सेवा खरिद गरिने भए नियम ७३, निर्माण कार्य खरिद गरिने भए नियम ७४ र
परामर्श सेवा खरिद गरिने भए नियम ७५ मा उल्लिखित खरिद सम्झौता मध्ये कुन
प्रकारको सम्झौता गरी खरिद गरिने हो सो खरिद सम्झौता छनौट गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खरिद सम्झौता छनौट गर्दा देहायका कुरा विचार
गरी छनौट गर्नु पर्नेछ ः–
(क) खरिदको प्रकार र परिमाण,
(ख) समान प्रकृतिकोे खरिद पुन गरिने सम्भावना भए नभएको
(ग) स्थानीय निकाय र आपूर्तिकर्ता, निर्माण व्यवसायी वा परामर्शदाता र
अन्य पक्ष वीच गरिने जोखिमको बा“डफा“ड,
(घ) सम्झौता सुपरिवेक्षण गर्ने तरिका ।